चितवन, माघ २०-
नारायणी नदीको पुल पूरानो र जीर्ण भएकोले तत्काल मर्मत नगरे ठूलो दुर्घटना हुने अध्ययनबाट देखिएको छ।पूर्व पश्चिम जोड्ने यो पुल रणनीतिक हिसाबले धेरै महत्व बोकेको पुल मर्मत नगरे कुनैपनि बेला ठूलो दुर्घटना हुनसक्ने पुल विभागका महानिर्देशक सरोजकुमार प्रधानले बताए।उनका अनुसार यो पुलको अवस्था नाजुक छ।‘यो पुल तत्काल मर्मत वा नयाँ बनाउनेतर्फ ध्यान जानु आवश्यक छ’व्यवस्थापिका संसदको विकास समितिमा उनले भने।उनका अनुसार देशभरका ६८ पुल काम नलाग्ने अवस्थामा पुगेको छ। प्रधानका अनुसार आठ सयवटा पुलहरु तत्काल मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्।हाल देशैभरी दुईहजारको संख्यामा पुल निर्माणको तयारी भइरहेको महाशाखाले जनाएको छ। अघिल्लो बर्ष दुईसयवटा पुल निर्माणको योजना बनाएको थियो।चालु आर्थिक वर्षमा एक सयवटा मात्र पुलको निर्माण अगाडी बढाइएको उनले बताए।
रोडको अवस्था |
संख्या |
स्थानीय सडकका पुल |
९०३ |
रणनैतिक सडक पुल |
२८८ |
जम्मा |
११९१ |
समस्या भएका पुलहरु |
|
स्थानीय सडकका पुल |
९७ |
रणनैतिक पुल |
२९ |
जम्मा |
१२६ |
स्थानीय सडकका ९७ वटा र रणनैतिक स्थानमा राखिएका २९ गरी जम्मा एकसय २६ वटा पुलहरु उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ। चालु आर्थिक वर्ष ठूलो समस्या भएका पुलहरुमा कुल नौ हजार मिटर मर्मत गर्ने योजना बनाएको छ भने सानातिना समस्या भएका पुलमा पाँचहजार मिटर पुल मर्मत गर्ने उनले बताए।