नृत्य निर्देशक संघ नेपाल,भक्तपुर शाखाको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

नृत्य निर्देशक संघ नेपाल,भक्तपुर शाखाको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

काठमाण्डौ । नृत्य निर्देशक संघ नेपाल,भक्तपुर शाखाको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार भक्तपुर स्थित नमस्ते ख्वप टिभीको कार्यालय गठ्ठाघरमा सम्पन्न कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख अतिथि र नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको बिशेष अतिथिमा सम्पन्न भएको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(ईनास)ले आयोजना गरेको ईनास ग्लोबल अनलाइन नृत्य प्रतियोगितामा क्रमशः प्रथम, द्वीतिय र तृतीय हुने पुर्ण बहादुर स्याङ्तान, शेखर घर्ती र रविता मगरलाई बधाई तथा सम्मान गरियो ।

नेपाल सरकारले राष्ट्रिय युवाप्रतिभा सम्मान -२०७७ बाट सम्मानित व्यक्ति महेश प्रकाश हाडा लाई पनि नृत्य निर्देशक संघ नेपाल, भक्तपुर शाखाले सम्मान गरेको छ ।

कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय महासचिव निरिप ध्वज खत्री, नृत्य निर्देशक संघ नेपाल काठमाडौं शाखाका अध्यक्ष बुद्व लामा, सह-कोषाध्यक्ष छिरिङ लामा, ललितपुर जिल्ला शाखाका सह-सचिव सुरेन्द्र देशार तथा नमस्ते ख्वप टिभीका प्रवन्ध निर्देशक ऋषिकेश श्रेष्ठ तथा पत्रकार सागर गुरागाई को उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका