सोलुखुम्बुमा साहित्य जागरण सुरु

सोलुखुम्बुमा साहित्य जागरण सुरु

गाउँले न्युज, १४ भाद्र, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा नेपाली साहित्यका लागि लेखिनुपर्ने त्यस्ता नयाँ विषयहरु बग्रेल्ती छन्, जस्ले पाठकलाई विलकुल फरक स्वाद दिलाउन सक्छन् । पछिल्लो समय नयनराज पाण्डेको उपन्यास ‘सल्लिपीर’ र वियस राईको कथा संग्रह ‘हिउँमाझी’ सोलुखुम्बुकै बिषयलाई केन्द्रमा राखेर बजारमा आए पनि । केही समयअघि बवि अर्जुन खालिङले पनि त्यहाँकै माटोलाई लिएर गोयाङको सुगन्ध नामक कविता संग्रह प्रकाशन गरेका थिए । यसरी फाट्टफुट्ट कृतिहरु बजारमा आए पनि सोलुखुम्बुमा लेखिनुपर्ने बिषयहरु अनगिन्ती छन् । तर, त्यही सोलुखुम्बुमा भने साहित्यिक गतिविधि शुन्यजस्तै छ । विगतमा केही त्यस्ता गतिविधिहरु भएता पनि त्यसले निरन्तरता पाउन नसक्दा साहित्यिक दृष्टिकोणले सोलुखुम्बु मरुभूमिजस्तै थियो । त्यही अभावलाई पूर्ति गर्दै अहिले सदरमुकाम सल्लेरीमा हरेक महिनाको पहिलो शुक्रबार रचना वाचन र त्यसमाथि समीक्षात्मक अन्तरक्रिया हुन थालेको छ । यसको चाँजोपाँजो ‘सोलु साहित्य जागरण’ले मिलाइरहेको छ ।
यही समुह अन्तर्गत ‘स्रष्टा र सिर्जना’ शिर्षकमा हरेक महिना रचना वाचन गर्न थालिएको छ । यसैको निरन्तरता स्वरुप भदौ महिनाको पहिलो शुक्रबार अर्थात् स्रष्टा र सिर्जनाको दोस्रो अंक मोति जयन्तीको अवसर पारेर सम्पन्न भएको छ । यस अंकमा निरव विन्दु ‘भित्तेली’ले आफ्ना रचना वाचन गरेका थिए । उनले बाचा, पोटे«ट, प्रतिविम्ब, उस्तै उस्तै र म हिउँ गरी पाँच कविता वाचन गरेका थिए । त्यसैगरी कार्यक्रममा शम्भु शिब्दले उमेरको गुलाब, डियर मेरी शिर्षकको कविता, तोयानाथ अधिकारीले गजल र मुक्तक, मदनमणी मदहोसीले कसिंगर शिर्षकको कविता र मुक्तक, सुजम्बर सम्भवले रेमे शिर्षकको कविता वाचन गरेका थिए भने भीष्म गौतमले गजल सुनाएका थिए ।
कार्यक्रमको आगामी अंकमा भने कवि शम्भु निशब्दको एकल कविता वाचन हुने जागरणका संयोजक गंगाबहादुर राई ‘सुजम्बर सम्भव’ले जानकारी दिए । ‘जिल्लामा रहेका प्रतिभाहरुलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रिय स्तरका लेखकहरुसँग समन्वय गरी सोलुखुम्बु जस्तो सुन्दर पर्यटकीय स्थलमा साहित्यलाई फूलाउनु हाम्रो उद्देश्य हो’ जागरणका संयोजक सुजम्बरले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका