ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन भदौ २० मा

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन भदौ २० मा

गाउँले न्युज, ८ असार, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले ४१ औ वार्षिक साधारण सभासंगै नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषणा गरेको छ ।

आज आईतबार बसेको टान कार्यसमितिको ३९औ बैठकले वार्षिक साधारण सभा एवं निर्वाचन यही २०७६ भदौ २० गते शुक्रवारका दिन गर्ने निर्णय गरेको टानले जनाएको छ ।
साधारण सभामा कार्यसमितिको तर्फबाट संघका महासचिवद्वारा आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक वर्ष २०७६/७७ को कार्यक्रम तथा योजनाहरु प्रस्तुत तथा सो माथि छलफल गर्नुका साथै कोषाध्यक्षद्वारा आथिर्क वर्ष २०७५/ ७६ लेखापरीक्षण प्रतिवेदन एव २०७६/ ७७ का लागि अनुमानित आय–व्यायको प्रतिवेदन माथि छलफल हुनेछ ।

https://gaulenews.com/?p=45434

https://gaulenews.com/?p=45434

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका