गाउँले न्युज —काठमाडौं,
जेष्ठ १८, तामाङ भाषागत नयाँ प्यार्टनको गीत “ताजी ङादा पिर” को म्युजिक भिडियो तामाङ महानायक अमिर दोङको प्रमुख आतिथ्य र कुईसाङ रुम्बाको बिशेष अतिथीमा अन्य अतिथीहरुको बिच एक कार्यक्रममा सार्बजनिक गरीएको छ ।
एकदमै नयाँ शैलीमा तामाङ भाषाको यो पहिलो भिडियो बनेको र यस्तो गीत र भिडियोहरु अहिलेको बजार अनुसार बन्नु आवश्य कुरा प्रमुख अतिथीले राख्दै सम्पुर्ण इन्टायर टिमलाई बधाई तथा शुभकामना दिनु भयो ।
बहु प्रतिभाषाली अहिलेको नेपाली गीत संगीतको बजारमा धेरै ब्यस्त गायक तथा संगीतकार कार्साङ लामाको शब्द, संगीत, संगीत संयोजन तथा मिक्सीङ रहेको गीतमा कार्साङ लामा तथा नव उद्धयमान गायीका पुजा लामा र जेम्स तामाङले स्वर भरेका छन ।
डम्फु मिडिया द्धारा उत्पादन गरिएको अडियो तथा भिडियोमा प्रतिकको निर्देशन तथा नृत्य निर्देशन, बिक्रम लामाले छायाँकन तथा सम्पादन गरेका छन भने प्रतिक, लक्ष्मी, जिवन, प्रशान्त, रस्मी र अजयले अभिनय गरेका छन । उक्त भिडियो डम्फु मिडिया हाउसको युटुब च्यानल मार्फत बजारमा आईसकेकोे छ ।