WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQuVmB2Ro9mz7OuVa.4ECrMJi8QUT.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 05:25:29', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ८ जेठ, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ नाप्ने नेपाल सरकारको टोली बुधवार बिहान चुचुरोमा पुगेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको ५ सदस्यीय टोली बिहान सवा ३:१५ बजे सगरमाथाको चुचुरोमा पुगेको हो ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले अत्याधुनिक उपकरणसहित सरकारी टोली शिखरमा पुगेको हो ।
प्रमुख नापी अधिकृत गौतम, नापी अधिकृत रवीन कार्की र अन्य तीन सहयोगीले आधा घण्टासम्म सगरमाथा शिखरमा बसेर स्याटेलाइटबाट आएका संकेतहरु रेकर्ड गरेको जोशीले बताए । सामान्यतः १५ मिनेट गर्दा पुग्ने ‘अब्जरभेसन’ आधा घण्टासम्म शिखरमै बसेर गरिएको जनाएको छ ।
आज बिहान आधा घण्टासम्म चुचुरोमा बसेर अब्जरभेसन गरेको महानिर्देशक जोशीले बताए । आरटेन भन्ने उपकरणले आकाशमा घुमिरहेका स्याटेलाइटबाट आएका सिग्नलहरु रेकर्ड गर्छ । त्यस्ता किरण (रे)हरुलाई त्यसले भण्डारण गरेर राख्छ ।