गाउँले न्यूज, ७ जेष्ठ, सोलुखुम्बु । कीर्तिमानी आरोही खुम्बु पासाङल्यामु गाउपालिका ५ थामे गाउँका ४९ वर्षिय कामिरिता शेर्पाले एउटै सिजनमा २ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी आफ्नै नाममा भएको कीर्तिमान सुधार गरेका हुन् ।
कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले आज (मंलबार) बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट जानकारी दिए ।
गत साताको जेठ १ गते (बुधबार) उनले २३ औं पटक सगरमाथा आरोहण गरेका थिए । सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य अर्को साल २५ औं पटक पुर्यौने रहेको छ ।