सोलुखुम्बुको महाकुलुङमा एभरेष्ट बैँक

सोलुखुम्बुको महाकुलुङमा एभरेष्ट बैँक

गाउँले न्यूज, १३ चैत्र, काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा एभरेष्ट बैँकले बैकिङ सेवा सुरु गरेको छ । जिल्लाकै सुदुर एवं दुर्गममा रहेको यस गाउँपालिकामा ‘क’ वर्गको बैँक आजैबाट सञ्चालन भएको हो ।

बैँकको शाखा कार्यालय बुङचोकमा राखीएको छ । गाउँपालिकाको समन्वयमा ऐभरेष्ट बैँकले शाखा विस्तार गरेको हो । बैंकले आजैबाट बैंकिङ सेवा सुरु गरेको लगभक १०० जनाले आजनै खाता सन्चालन गरेको गाउँपालिका अध्यक्ष सागर किरातिले बताए ।

अब, यहाँका स्थानीयहरु बैंकिङ कारोबारका लागि सदरमुकाम सल्लेरी धाउन नपर्ने भएको छ । यसरी ‘क’ वर्गको वैंक गाउँपालिकामा संचालन गरिनु महत्वपुर्ण सफलता रहेको अध्यक्ष किराँतीले बताए ।

वैंकको साखा संचालनसँगै सर्वसाधारणले बैंकिङ कारोबारको सुविधा गाउँमै पाउने भएका छन् । वैंकले चल्ती खाता, साधारण बचत खाता, बाल बचत खाता, बुवाआमा बचत खाताहरु संचालनमा ल्याउने जनाएको छ । भने रकम देशभित्र र बाहिरबाट पठाउन र झिक्न मिल्ने सुविधा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका