समाजसेवी तथा कांग्रेस नेता प्रकाशसिंह कार्कीले ११ वटा सरकारी बिधालयहरुलाई ल्याप्टप दिए

समाजसेवी तथा कांग्रेस नेता प्रकाशसिंह  कार्कीले ११ वटा सरकारी बिधालयहरुलाई ल्याप्टप दिए

गाउँले न्यूज, ७ माघ, सोलुखुम्बु । नेपाली कांग्रेसका नेता तथा नेपाल उध्योग बाणिज्य माहासंघका सदस्य प्रकाशसिंह कार्कीको अगुवाइ तथा लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटलसगको सहकार्यमा दुर्गम क्षेत्रका सामुदायिक बिधालयहरुलाई प्रबिधिमैत्री बनाउन सोलुखुम्बुमा शुरु गरिएको ल्याप्टप बितरण अभियानलाई निरन्तरता दिदै तीन गाउँपालिकाका ११ वटा सामुदायिक बिधालयहरुलाई एक एक थान ल्याप्टप बितरण गरिएको छ ।

शुक्रबार बिरेन्द्र ज्योती मावि सोताङमा एक कार्यक्रम आयोजना गरी सोलुखुम्बु जिल्लाका सोताङ, माहाकुलुङ र माप्य दुधकोशी गाउपालिकाका ११ सामुदायिक बिधालहरुलाई ल्याप्टप हस्तन्तरण गरिएको छ ।

लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटलका पूर्व अध्यक्ष समेत रहेका कार्की र लायन्स क्लब अफ काठमाडौंको बराबर लगानीमा सोताङ क्षेत्रका बिरेन्द्र ज्योती मावि र बिरेन्द्र ज्योति माविको प्रावि सेक्टर, सोताङ आधारभूत बिद्यालय, हुलु मावि, बखपलम मावि तथा महाकुलुङ क्षेत्रमा सगरमाथा मावी, छेस्काम मावि, गुदेल मावि, जनसुधार आधारभूत विद्यालय र माप्य दुधकोशी गाउँपालिका क्षेत्रका बिद्यालयहरुमा हिमालय आवी माप्य दुधकोशी ७ र सगरमाथा मावि माप्य दुधकोशी ६ लाई एक एक थान ल्याप्टप बितरण गरिएको हो ।

उक्त कार्यक्रममा सोताङ गाउपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्युतको पहुँच भन्दा बाहिर रहेका ५० जना विद्यार्थीहरु तथा केही अभिभाबकहरु र ल्यापटप पाउने हरेक बिद्यालयका ५५ बिद्यार्थीहरुलाई सोलार लाइट वितरण गरिएको छ । घण्टौसम्म चार्ज टिकाउ हुने लाइट नेता कार्कि,लिटल सन अमेरिका र युस नेपाल क्लाईम्बर्स एसोसिएसनको सहकार्यका बितरण गरिएको हो ।

बिधालयहरुलाई ल्याप्टप हस्तान्तरण गर्दै नेता कार्किले अब बिधालयदेखिनै प्रबिधीमैत्री शिक्षाको शुरुवात गर्न जरुरी रहेको जनाउदै समग्र सोलुखुम्बु को शैक्षिक एबम अन्य बिकाशका लागी सबै सोलुखुम्बुबासीहरु सग हातेमालो गर्न आफु तयार रहेको बताए ।

कार्यक्रममा लायन्स क्ल्ब अफ काठमाडौ क्यापिटलका सस्थापक सभापति, बरिस्ठ अधिबक्ता हरिसङ्कर निरौला,समाजसेवी एबम सुकिमाया फाउन्डेसनका अध्यक्ष दिप नाछिरिङ,त्यस क्षेत्रका शिक्षा प्रेमि,बुद्दिजिबिहरु,प्राचार्य तथा प्राधानाध्यापकहरु र शिक्षक बिधार्थिहरुको उपस्थिती रहेको थियो ।

तेस्तै कार्यक्रममा बिरेन्द्र ज्योती मा बि हिमाली अबासिय छात्राबासमा बस्ने बिद्यार्थीहरुलाई खाजाखर्च बापत प्रती महिना रु ५००० साथै बिरेन्द्र ज्योती मा बि सोताङमा इसिडी मा अध्ययनरत बिद्यार्थीहरुका लागि खाजा खर्चबापत प्रती महिना रु५००० का दरले एक बर्षका लागि रकम उपलब्ध गराउने समेत समाजसेवी नेता कार्किले उदघोस गरेका छन ।

तेस्तै सोही कार्यक्रममा सोताङ, माहाकुलुङ र माप्य दुधकोशी गाउपालिकाका उच्च माबिका पुस्तकालयहरुलाई पुस्तक समेत उपलब्ध गराइएको छ ।

प्रतीनिधीशभा तथा प्रदेशशभाको गत निर्बाचनमा नेपाली कांग्रेसका तर्फ बाट प्रदेश शभा ‘क’ सोलुखुम्बुमा उम्मेदवार रहेका कार्कीले आफु जनताको सेवा र सामाजिक कामकै लागी राजनितिमा आएको त्यस बाहेक आफ्नो कुनै निजी स्वार्थ नरहेको बताउदै आएका छन । सोलु जिल्लाको सामाजिक क्षेत्रमा यस अघी देखी नै निरन्तर सहयोग पुर्याउदै आएका कार्किको योगदान लाई जिल्लाका सबैले उदाहरणिय रुपमा लिन थालेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका