सोताङ गाउँपालिका “सुकुम्बासी मुक्त्त” घोषणा

सोताङ गाउँपालिका “सुकुम्बासी मुक्त्त” घोषणा

गाउँले न्यूज, २९ पौष, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका ‘सुकुम्बासी’ मुक्त घोषणा गरिएको छ । सोतङ गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका भित्रका ७ जना सुकुम्बासी परिवारलाई जग्गाको पुर्जा वितरण गरेर ‘सुकुम्बासी’ मुक्त गाउँपालिका घोषणा गरेको हो । सुकुम्बासी परिवारलाई गाउँपालिकाले प्रतिपरिवार ५० हजार बराबरको जग्गा खरिद गरि धनिपुर्जा वितरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद हेम कुमार राई ‘सुरवीर’ले सरकारले नेपाल र नेपालीको हितमा काम गरिरहेको दाबी गरे । विपक्षिले सरकार असफल भएको भ्रम फैलाएर पनि सरकार ‘सम्बृद्ध नेपाल, सुखि नेपाली’ नारालाई आत्मसाथ गर्दै अघि बढेको बताए । परिणाम आउन केहि समय लाग्ने भएकाले छोटो समयमा सरकार असफल भएको भन्दै टिप्पणी गर्नु गलत भएको उनको जिकिर छ । सांसद राईले संघीय संरचना लागु भएपछि विकासले तिब्रता लिएको पनि बताए ।

शिक्षालाई ब्यबस्थित बनाउनको लागि गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरुमा अग्रेजी, गणित र बिज्ञान विषयको अतिरिक्ता कक्षा संचालन गर्ने र सो कक्षाको खर्च गाउँपालिकाले व्यहोर्ने घोषणा गरिएको छ । साथै गत बर्ष एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने सोताङ गाउँपालिकाका रमेश बस्नेत र रविना नाछिरिङलाई २५/२५ हजार नगद सहित सम्मान गरेको छ ।

गाउँपालिकाको कार्यालय निर्माणका लागि १५ रोपनी जग्गा निशुल्क प्रदान गर्नुहुने सोताङ गाउँपालिका ५ गोर्खिमका स्थानीयबासिलाई पनि सम्मन गरिएको छ । गाउँपालिकाको बार्षिक उत्सबको अबसरमा प्रारम्भिक बाल विकास कक्षामा कार्यरत गाउँपालिका भित्रका शिक्षिकाहरुलाई सरकारले प्रदान गर्दै आएको सुविधामा मासिक एक हजार थप उपलब्ध गराउने घोषणा समेत गाउँपालिकाले गरेको छ ।

कार्यक्रममा प्रदेश सांसद उत्तम कुमार बस्नेत, जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष बीर बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट कृषक, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविका, गरिब तथा जेहेन्दार विद्यार्थी र कर्मचारीलाई सम्मान गरिएको छ भने गाउँपालिकाको बार्षिक उत्सबको अबसरमा संचालन गरिएको विविध प्रतियोगीतात्मक खेलका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका