जुबुको पानीडाडामा खानेपानी योजना सञ्चालन हुने

जुबुको पानीडाडामा खानेपानी योजना सञ्चालन हुने

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-५ पानीडाडाको खानेपानी समस्या समाधान हुनेभएको छ । गाउँपालिका अध्यक्ष असिम राईले सोमबार त्यस क्षेत्रमा पुगेर खानेपानी योजना सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएसङ्गै समस्या समाधान हुने निश्चित बनेको हो ।

पानीडाडाको समस्या सम्बोधनका लागि गाउँपालिका अध्यक्ष असिम राईले पालिकाको प्राविधिक, खानेपानी व्यवस्थापन बोर्डका संयोजक भोजराज कार्की सहितको टोलि लिएर त्यहा पुग्नुभएको सुबास बस्नेतले जानकारी दिनुभयो । प्राविधिकले स्टामेट समेत निकाली सकेको हुँदा तत्काल गुणस्तरीय काम गर्न अध्यक्ष राईले सबैलाई निर्देशन दिनुभयो ।

प्राविधिक स्टामेट अनुसार रु.७ लाख २८ हजार लागतमा ४३ घरधुरीमा पिउने पानी पुग्ने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । नागरिकको दैनिक समस्या सङ्ग पालिका सरकार गम्भीर रहेको भन्दै अध्यक्ष राईले पानीडाडामा खानेपानी समस्या समाधान पहिलो प्राथमिकतामा परेको बताउनुभयो ।

सबै नागरिकको घरघरमा स्वच्छ पिउने पानी पुर्याउने पालिकाको नीति रहेको भन्दै अध्यक्ष राईले गाउँपालिकामा गठन गरेको खानेपानी व्यवस्थापन बोर्डले सोही अनुसार काम गर्ने बताउनुभयो ।

लामो समयदेखि खानेपानी कै लागि निकै समय खर्चंदै आएको स्थानीय निरकुमार बस्नेतले बाताउनुभयो । पिउने पानी नहुदा सरसफाइ देखि खाना पकाउनको लागि समेत निकै कठिन हुनेगरेको स्थानीयको भनाइ छ । स्थानीय नागरिकले वर्षौदेखिको खानेपानी समस्या समस्या समाधान हुनेभएपछि खुसी व्यक्त गरेका छन ।

जिल्लाको ८ स्थानीय तह मध्य थुलुङ दुधकोशी गाउँपालिकाले मात्रै खानेपानी व्यवस्थापन बोर्ड गठन गरि प्रभावकारी काम गर्दै आएको पालिका प्रवक्ता तथा बोर्ड संयोजक भोजराज कार्कीले दावी गर्नुभयो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका