-एम,डी,फिराक-
पीरको आँशु खस्दा खेरि मायाले पुछीदिन्छ
देशको आँशु खस्यो खोइ ! कसले पुछीदिन्छ
देशको आत्मा जल्दा किन हामी मौन छौं
देशको माटो चोरी हुँदा किन हामी खोस्दैंनौं
मेरी आमाको आँशु देशकै लागि खसिदिन्छ
देशको आँशु खस्यो खोइ ! कसले पुछीदिन्छ
मेरो सगरमाथा हाँस्दा मेरो टनकपुर दुक्छ
सहिदहरु अपमान हुँदा देशको आँसु झर्छ
हिमालमा हिउँ पग्लिदा फेरि हिउँले नै भरिन्छ
देशको आँशु खस्यो खोइ ! कसले पुछीदिन्छ