चार महिनामा अप्पर सोलु जलविद्युतले बिद्युत उत्पादन गर्ने

चार महिनामा अप्पर सोलु जलविद्युतले बिद्युत उत्पादन गर्ने

सोलुखुम्बुको सोलुखोलामा निर्माणाधीन २३.५ मेगावाटको अप्पर सोलु जलविद्युत आयोजनाले अबको ४ महिनामा फाल्गुन देखी विद्युत उत्पादन गर्ने भएको छ ।

आयोजनाको ९० प्रतिशत निर्माण सकिएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारीले बताए । उनका अनुसार आयोजनाकोे बाँध क्षेत्रमा इन्टेक, एप्रोच क्यानल (पहुँच नहर) र डिसेन्डर (बालुवा थिग्राउने पोखरी) तयार भएको छ । बाँध क्षेत्रको ९९ सय प्रतिशत निर्माण पूूरा भएको छ ।

बाँधदेखि विद्युतगृहसम्म पानी पुर्याउने ३ हजार ९ सय मिटर लामो पाइप बिछ्याउने काम ९७ प्रतिशत सकिएको पनि उनले बताए । हाइ प्रेसर पेनस्टक पाइपको काम अन्तिम चरणमा छ । विद्युतगृहमा पनि ९८ प्रतिशत काम सकिएको छ ।

विद्युतगृहमा अहिले इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको सिभिलतर्फ ९०, हाइड्रोमेकानिकलतर्फ ९६ र इलेक्ट्रोमेकानिकलतर्फ ८२ प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने लम्माने सबस्टेसनसम्म आवश्यक २.८ किलोमिटर लामो प्रसारण लाइन निर्माणको काम पनि धमाधम भइरहेको छ । प्रसारण लाइनको ७५ प्रतिशत निर्माण पूरा भएको छ ।

आयोजनाको बाँकी काम ३ महिनामा पूरा गरेर विद्युत उत्पादन गर्ने तालिका छ । इलेक्ट्रोमेकानिकल ठेकेदारको काममा सुस्तता देखिएकाले ढिलोमा चैतभित्र विद्युत उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ । हाइड्रो तथा इलेक्ड्रोमेकानिकलतर्फको काम सकिएपछि आयोजनाको परीक्षण गरेर उत्पादन सुरु हुने उनले बताए । आयोजनाले उत्पादन गर्ने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने लम्माने सबस्टेसनमा लगेर जोडिनेछ ।

विद्युत जोडिने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन निर्माणले गति लिन नसक्दा वैकल्पिकरुपमा ३३ केभी बुईंपा–ओखलढुङ्गा प्रसारण लाइनमार्फत ओखलढुङ्गा सबस्टेसनमा जोड्ने तयारी गरिएको छ ।

प्रधिकरणले वैकल्पिक लाइनको काम गरिरहेको छ । सोलु कोरिडोर प्रसारण लाइन तयार नहुन्जेल वैकल्पिक लाइनबाट हिउँदमा ९० प्रतिशत र बर्खामा ३५ प्रतिशत विद्युत प्रणालीमा जोड्न सम्भव हुने कम्पनीको भनाइ छ ।

सोलु खोलामा सोलुसहित ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु दुधकोसी र सोलुको सहायक खोलामा ५.२ मेगावाटको जुनबेसी आयोजना निर्माणाधीन छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका