साल्पा सिलिचुङ्ग परियोजना शुभारम्भ कार्यक्रम सम्पन्न

साल्पा सिलिचुङ्ग परियोजना शुभारम्भ कार्यक्रम सम्पन्न

काठमाडौ । “सृष्टिको उत्पति केन्द्र मुन्दुमको प्राण, साल्पा सिलिचुङ्गको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ साल्पा सिलिचुङ्ग सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिको आयोजनामा “साल्पा सिलिचुङ्ग परियोजना”को शुभारम्भ भएको छ ।
बुधबार नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा-प्रतिष्ठानको लाईब्रेरी सभाहलमा विश्वव्यापी महा-अभियान शुभारम्भ भएको हो ।
साल्पा सिलिचुङ्गमा सुम्निमा- पारुहाङ्गको प्रतिमा निर्माण, मुन्दुमी पूजाथान स्थापना लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा निर्माण गर्ने आयोजकले जनाएको छ ।

साल्पा सिलिचुङ्ग किरातीहरुको पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल हो । मुन्दुम अनुसार साल्पा सिलिचुङ्ग नै सृष्टि र मुन्दुमको केन्द्र भएको जनविश्वास र साल्पा सिलिचुङ्गमा नै सुम्निमा पारुहाङ्गको पहिलो भेट भएको थियो भन्ने भनाई रहेको छ । किरातीहरुको आदिम पुर्खाहरु रिक्वाता-माप्य, सालाप्पा-साल्पाहाङ्ग, निन्वामरिदमको पनि आदिम थलो साल्पा सिलिचुङ्ग नै थियो भन्ने भनाई छ । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, मुन्दुम अध्यताहरु लगायत अन्य सयौको उपस्थित रहेको थियो ।

परियोजनाको अध्यक्ष “मूलघरे कान्छा” राजन खिम्बुले देश बाहिर रहेकाले परियोजनाको उपाध्यक्ष बीरबहादुर राईले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका