आजका खेल : बाज्रिलविरुद्ध स्विजरल्याण्ड, जर्मनीविृद्ध मेक्सिको र कोस्टारिकाविरुद्ध सर्बिया

आजका खेल : बाज्रिलविरुद्ध स्विजरल्याण्ड, जर्मनीविृद्ध मेक्सिको र कोस्टारिकाविरुद्ध सर्बिया

विश्वकपमा आज ३ खेल हुदैंछन्। समूह “इ”बाट साँझ ५:४५ मा कोस्टारिका र सर्बिया, समूह “एफ” बाट ८:४५ मा जर्मनी र मेक्सिको र समूह “इ” बाट ११:४५ मा बाज्रिल र स्विजरल्याण्ड भिड्दैछन्।

जर्मनीले  २०१४ विश्वकप उपाधी  विजय गरेसँगै उसले ४ पटक विश्वकप जित्ने राष्ट्रहरुको सूचीमा इटालीसँग बराबरी गरेको थियो भने ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप उपाधी जितिसकेको छ।

रसियामा डिफेन्डिङ च्यामपियजन जर्मनी फेरी उपाधी जित्ने दाउमा रहेको छ भने ब्राजिल पनि यसपटक उपाधी जितेर विश्व फुटबलमा आफ्नो प्रभाव कायम राख्न प्रयत्नशिल रहनेछ। यद्यपी उनीहरुको यात्रा त्यति सहज देखिदैन। आफ्ना समूहमा रहेका  नयाँ उर्जा र आत्मविश्वासका  साथ आएका बाँकी टिमलार्इ पराजित गर्नु ब्राजिल र जर्मनीका लागी मुख्य चुनौती रहनेछ।


कोस्टारिका र सर्बिया
१२‌औं पटक विश्वकपमा सहभागिता जनाउँदै गरेको सर्वियाले आज चौथो पटक विश्वकपमा सहभागि हुदै गरेको राष्ट्र कोस्टारिकाको सामना गर्दैछ। २०१४ को विश्वकपको क्वाटर फाइनलसम्म पुगेको कोस्टारिका उच्च मनोबलका साथ पहिले त राउण्ड अफ १६ मा पुग्ने लक्ष्यमा रहेको छ। यस्तै २०१४ को विश्वकपमा छनौट हुन नसकेको सर्विया नयाँ आत्मविश्वासका साथ विश्वकप रसिया पुगेको छ। २०१० मा जर्मनीलार्इ १-० ले पराजित गरेको सर्वियाले त्यही लय रसियामा देखाउन लाग्नेछ।

कोस्टारिका र सर्विया पहिलो पटक एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्दैछन्। सर्वियाले आफ्नो पछिल्लो विश्वकपमा समूह चरण पार गर्न सकेको थिएन। समूह “इ”मा रहेका ब्राजिल उनीहरुकालागि प्रमुख प्रतिस्पर्धी हो। तसर्थ आजको खर्लमा विजयी भएर ब्राजिलसँगको खेललार्इ सहज बनाउन यी दुर्इ टिमको प्रयत्न रहनेछ।

कोस्टारिकाका ब्रायन रुइज, सेल्सो बोगेस , कर्इलर नाभाष र सर्वियाका ब्रानिस्लाभ इनालोभिक ,एलेक्जेन्डर मित्रोभिक, कालोरोभ जस्ता खेलाडीहरुका लागी यो प्रतियोगिता आफ्नो प्रतिभा देखाउने अवसर हुनेछ।


जर्मनी र मेक्सिको
विश्व विजेता जर्मनीले आज समूह कै बलियो प्रतिस्पर्धी मेक्सिकोको सामना गर्दैछ। जर्मनी र मेक्सिको हालसम्म ११ पटक खेलेका छन् र ६ खेलमा जर्मनीले विजय हासिल गरेको छ भने मेक्सिकोले मात्र १ खेलमा जर्मनीलार्इ पराजित गरेको छ। बांकी ४ खेल बराबरीमा सकिएको थियो। २०१७ मा भएको फिफा कन्फिडिरेसन कपमा जर्मनीले मेक्सिकोलार्इ ४-१ गोल अन्तरले पराजित गरेको थियो।

जर्मनीको टिममा युवा र अनुभवी खेलाडी रहेका छन्। उनीहरुको मुख्य उद्धेश्य भन्नु नै आफ्नो उपाधीको रक्षा गर्नु हो। थोमस मुलर, मेसुट ओजिल,मारियो गोमज , म्यानियुल नियुर जस्ता अनुभवी खेलाडीका साथमा टिमो वर्नर, जुलियन ब्राण्डट, जुलियन डयाक्सलर लगायतका युवा खेलाडीको जोशले जर्मनीलार्इ सशक्त बनाएको छ।

४ पटक विश्वकप जितिसकेको जर्मनीसँग प्रतिस्पर्धा गर्नु मेक्सिकोका लागि त्यति सहज हुनेछैन। तरपनि मेक्सिको सकेसम्म जर्मनीलार्इ बराबरीमा रोकेर आफ्नो समूह यात्रालार्इ तनाव मुक्त बनाउन चाहान्छ। राफाल मार्कवेज, कार्लोस भेला. एन्ड्रेस गाउरडाडो, वरिबि परेल्टा, जाभियर हर्नानडेज जस्ता खेलाडीहरुको प्रदर्शनबाट मेक्सिको राम्रो नतिजा ल्याउनमा आशावादी देखिन्छ।

बाज्रिल र स्विजरल्याण्ड 
बाज्रिलका लागि स्विजरल्याण्ड कुनै नयाँ प्रतिस्पर्धी होइन। हालसम्म ८ खेलमा एकअर्का विरुद्ध प्रतिस्पर्धा गरेका यि दुर्इ टिममा बाज्रिलले ३ पटक स्विजरल्याण्डलार्इ पराजित गरेको छ भने स्विजरल्याण्ड २ पटक बाज्रिललार्इ पराजित गरेको छ। ३ खेलमा दुवैले बराबरी नतिजामा चित्त बुझाउनु परेको थियो। पछिल्लो पटक २०१३ को मैत्रीपूर्ण खेलमा भेट्दा स्विजरल्याण्डले  बाज्रिललार्इ १-० ले पराजित गरेको थियो। आज बाज्रिल उक्त पराजयको बदला लिएर आफ्नो उपाधी दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा हुनेछ भने स्विजरल्याण्ड आफ्नो विजय यात्रालार्इ कायम गर्न प्रयत्नशिल हुनेछ।

आज सबैको नजर ब्राजिलका नेइमारमा हुनेछ। विश्व फुटबलमा मेसी र रोनाल्डोको बराबरीमा पुग्न सफल नेइमारले बाज्रिलका लागि ८५ खेलमा ५५ गोल गरेका छन्। यस्तै डयाउग्लास कोस्टा, पाउलिनो, फिलिप्पे काउटिन्हो र मार्सेलो जस्ता अन्तराष्ट्रिय कल्बहरुमा उच्च प्रदर्शन गर्न सफल खेलाडी रहेको  बाज्रिलियन टिममा प्रतिभाशालि युवा खेलाडीहरु छन्।

स्विजरल्याण्ड सकेसम्म  बाज्रिललार्इ पराजित गर्ने रणनीतिमा हुनेछ नभए उसलार्इ बराबरीमा रोकेर आफ्नो समूहमा आफू पनि अब्बल रहेको प्रमाणित गर्न स्विजरल्याण्ड लाग्नेछ। ह्यारीस सेफेरोभिक, ग्रयानिट स्हाका, रिकार्डो रोड्रिग्रेज, शेरदन शाकिरी लगायत का युवा टिमले आज ५ पटकका विश्वविजेता विरुद्ध आफ्नो खेल प्रदर्शन गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका