कर्ण बहादुर रोकाया, हुम्ला ।।
हुम्ला जिल्लाको मध्य भेकतिर गर्भवति महिला तथा कुपोषण भएका बालबालिकाहरुका लागि खरायोको मासु खुवाउने चलन बढ्न थालेको छ । यसबाट स्वास्थ्यमा सुधार देखिएको छ ।
हुम्लामा विभिन्न गैेससहरुले आय आर्जनका लागि खरायोे पालन व्यवसाय दुई दशक अघि शुरु गरे पनि यो काम अहिले आएर हुम्ली किसानहरुले आम्दानीको स्रोतको रुपमा लिन थालेका छन् । जिल्लामा धेरै किसानहरु खरायो पालनबाट लाखौं आम्दानी गर्न थालेका छन् । यसको उदारण हुन हुम्ला खोल्सी गाउँका किसान काल्चे सिंह उनले वर्षेनी दुई लाख जति आम्दानी गर्छन् ।
जिल्लाको सर्केगाड क्षेत्रका विभिन्न गाउँहरुमा खरायोका लागि हावापानी उपयुक्त हुँदा खरायो पालन गर्ने चलन बढेको छ । स्थानीयस्तरमा यसको प्रचलन बढ्दा कुपोषित बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुलाई खरायोको मासु खान दिंदा स्वास्थ्यमा सकरात्मक सुधार देखिएको स्थानीयबासीहरुले बताएका छन् । यसरी जिल्लामा नयाँ पेशाको रुपमा शुरु भएको कामले नयाँ सन्देश दिएको छ ।