Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नाकाबन्दीपछि वीरगञ्ज नाकाबाट पर्यटक आवागमन घट्यो, भैरहवाबाट नेपाल आउने बढे! – Gaule Khabar

नाकाबन्दीपछि वीरगञ्ज नाकाबाट पर्यटक आवागमन घट्यो, भैरहवाबाट नेपाल आउने बढे!

नाकाबन्दीपछि वीरगञ्ज नाकाबाट पर्यटक आवागमन घट्यो, भैरहवाबाट नेपाल आउने बढे!

बीरगन्ज,फागुन ५-

देशको मुख्य नाका वीरगन्जबाट तेस्रो मुलुकका पर्यटकको आवागमन घटेको छ । सन् २०१६ मा यो नाकाबाट पर्यटकको आवागमन घटेको अध्यागमन कार्यालय वीरगन्जको तथ्यांकले देखाएको छ ।

नाकाबन्दीपछि वीरगञ्ज नाकाबाट पर्यटक आउने क्रम घटेको हो।नाकाबन्दीपछि भैरहवा नाकाबाट पर्यटक बढी भित्रिएकोले वीरगञ्ज घटेको कार्यालयले जनाएको छ।सन् २०१६ मा यो नाकाबाट ९ सय ९ तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेका थिए ।सन् २०१५ मा ९ सय ५० पर्यटक यो नाकाबाट नेपाल आएका थिए र ९ सय ३६ बाहिरिएका थिए ।

डिसेम्बर महिनामा यो नाकाबाट १ सय ११ पर्यटक भित्रिएका र २ सय ५० बाहिरिएका छन् । सबै भन्दा कम जुन महिनामा २२ भित्रिएका र ३१ बाहिरिएका छन् । २०१६मा आफ्नै मुलुकबाट भिसा लिएर आएका २ सय ५२ पर्यटक छन् । वीरगन्जस्थित अध्यागमन कार्यालयबाट ९० दिनको भिसा लिएर नेपाल प्रवेश गरेका २६, ३० दिनको भिसा लिएका २ सय ३८, १५ दिनको भिसा लिएका ३ सय ३२ र सार्क मुलुकका ६१ पर्यटक छन् ।

यो नाकाबाट अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, बेलायत, जर्मनी, थाइल्यान्ड, फ्रान्स, चीन गरी करीब ५० मुलुकका पर्यटक आउने गरेको कार्यालयका नायब सुब्बा शिवशंकर प्रसाद यादवले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका