Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रेडियो संचालकहरुको गुनासो–‘छापालाई प्राथमिकता, रेडियोलाई उपेक्षा गरियो’ – Gaule Khabar

रेडियो संचालकहरुको गुनासो–‘छापालाई प्राथमिकता, रेडियोलाई उपेक्षा गरियो’

रेडियो संचालकहरुको गुनासो–‘छापालाई प्राथमिकता, रेडियोलाई उपेक्षा गरियो’

पुनम गौतम,
चितवन, फागुन २–

नेपाल सरकारले छापा माध्यमलाई मात्र प्राथमिता दिँदा विद्युतीय सञ्चार माध्यम पछाडी परेको रेडियोकर्मीहरुले बताएका छन् । धेरै रेडियोहरु फष्टाउँदा सञ्चालकहरु घाटामा गएको उनीहरुको भनाई छ ।
ब्रोडकाष्ट एशोसिएसन अफ नेपाल (बान) को आयोजनामा आज सौराहामा आयोजित छैंठौं विश्व रेडियो दिवस तथा ११ औं वार्षिक साधारण सभामा बोल्दैं रेडियोकर्मीहले निजी होस् या सामुदायिक सरकारले सहयोग नगरेसम्म सहज तरिकाले रेडियो चलाउन नसकिने बताएका हुन् । धेरै सञ्चारमाध्यमहरुमा दक्ष जनशक्तिको आवश्यकता रहेको र बजार साँघुरो भएकाले सरकारी सहयोगको आवश्यकता रहेको उनीहरुको भनाई छ । वर्तमान समयमा रेडियोमा चुनौती थपिएको बताउदैं सञ्चालकहरुले ग्रामीण भेगहरुमा भने लालटिन बाल्ने काम रेडियोले गरेको बताएका हुन् । उनीहरुले सरकारलाई राजस्व असुली गर्ने योजना मात्र नबनाई समग्र रेडियोको विकासमा लाग्न आग्रह गरेका छन् ।
सो कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्रालयका सह–सचिव रामचन्द्र ढकालले सापेक्ष उपर्युक्त सञ्चार माध्यम भनेको रेडियो भएको बताउनुभयो । छापा माध्यममा सरकारले वार्षिक विज्ञापन दिने बताउंदैं उंहाँले रेडियोका लागि नितिगत समस्या रहेको बताउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका ढकालले सरकारले नेपालको सञ्चार माध्यमलाई हेर्नुपर्ने बताउनुभयो । सञ्चार उद्यमीहरु गोपाल गुरागाई, महेन्द्र श्रेष्ठ, हाम्रो एफ.एमका अध्यक्ष भोजराज कौडाल, उद्योग वाणिज्य संघ चितवनजका अध्यक्ष राजन गौतमलगायतले बोल्नु भएको कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका रेडियोकर्मीहरुको उपस्थिति रहेको थियो । रेडियो दिवसको अवसरमा आज सिनर्जी एफ.एम, कालिका एफ.एम, हाम्रो एफ.एम र तिनाउ एफएमलाई सम्मान गरिएको कार्यक्रम बानका अध्यक्ष गोपाल झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका