Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा एक्सपर्ट स्कूल क्रिकेट लिग हुने – Gaule Khabar

चितवनमा एक्सपर्ट स्कूल क्रिकेट लिग हुने

चितवनमा एक्सपर्ट स्कूल क्रिकेट लिग हुने

चितवन, माघ २२–
हिमालयन क्रिकेट एकेडेमी (एचसीए)को आयोजनामा एक्सपर्ट स्कूल क्रिकेट लिग चितवन–२०१७ आयोजना हुने भएको छ ।
देशभरका ८ मूख्य शहरमा हुने प्रतियोगिता माघ २८ गतेबाट चितवनमा पनि हुन लागेको हो । विशाल चौकस्थित नौ बिगाहा मैदानमा पहिलो चरणका खेलहरू हुने छन् ।
प्रतियोगितामा पहिलो चरणमा चितवन र यस आसपासका स्कूलहरूले सहभागीता जनाउने छन् । यसको विजेता राष्ट्रिय च्याम्पियनसिपका लागि छानिनेछ । पहिलो चरणमा यस क्षेत्रको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार बराबरको खेल सामग्री प्रदान गरिने छ । चितवन र आसपासका १२ भन्दा बढी विद्यालयले भाग लिने आयोजकको दाबी छ ।
प्रतियोगिताका उत्कृष्ट १५ खेलाडीलाई सीसीआरसी कलेजमा पढ्न र एचसीएमा प्रशिक्षण व्यवस्था मिलाइने छ । साथै उनीहरूलाई खेल सामग्री प्रदान गर्नुका साथै अप्रिलमा बंगलादेश भ्रमणमा एक्सपोजर दिन लगिने आयोजकले जनाएको छ । पढेर मात्र होइन खेलेर पनि छात्रवृत्ति पाइन्छ भनेर अभिभावकलाई बुझाउने प्रयासमा हुने प्रतियोगिताका आयोजक एचसीएका संस्थापक सुवास प्रधानले बताउनुभयो । नेपाली क्रिकेटका लागि स्थानीय स्तरको प्रतियोगिता जरुरी भएकाले विद्यालय क्षेत्र रोजेको उहाले थप्नुभयो ।
माघ २० गतेदेखि कञ्चनपुरबाट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रायोजकमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ । त्यसका चितवन निर्देशक डिल्लीराम अधिकारीले प्रतियोगितालाई स्तरीय बनाउन आफ्नो संस्थाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका