WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bq4ZD7CLSbXDbNRY19Un6eOyxOdsWC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 17:15:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ १९ –
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “निर्वाचनका लागि राजनीतिक समझदारी आवश्यक भएकाले यसका लागि सरकार इमान्दारीपूर्वक प्रयास गरिरहेको छ ।”
मन्त्री लेखकले “राजनीतिक सहमति जुटाएर छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार लागेको छ” भन्दै निर्वाचनका लागि चाहिने आवश्यक कानुन बनाउन सरकार अग्रसर रहेको बताउनुभयो ।
निर्वाचनको व्यवस्थापकीय पाटोको बारेमा निर्वाचन आयोगसँग छलफल चलाइराखेको बताउँदै उहाँले सविधान संशोधन गरेर यसलाई सर्वस्वीकार्य बनाई मुलुकलाई निकाश दिने सरकारको प्रमुख जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो ।
मन्त्री लेखकले व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विद्येयकलाई पारित गराउन नेपाली काँग्रेस लाग्ने पनि बताउनुभयो ।
मेलम्चीको खानेपानी उपत्यकावासीलाई खुवाउने लक्ष्यअनुसार सडकमा पाइप बिच्छाउँदा जनतालाई पर्नगएको असुविधाप्रति आफू र आफ्नो मन्त्रालय गम्भीर रहेको बताउँदै उहाँले यसलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभयो । – रासस