WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8nSWS2H23iKAMe3HMzKaBmGt5g21U0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 20:57:34', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १९ –
मध्य पृतना हेडक्वार्टर तथा त्यस अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणमा जानु भएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार पर्सा जिल्लाको बिरगञ्जस्थित बरख गण तथा रामेछाप जिल्लास्थित नन्दाबक्स गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।
निरीक्षण भ्रमणको क्रममा क्षत्रीले उक्त गणहरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।निरीक्षण कै क्रममा उहाँले बरख गण तथा नन्दाबक्स गणका सकलदर्जालाई सम्बोधन समेत गर्नुभएको थियो ।
निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री आजै काठमाडौं फिर्ता हुनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।