Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘बारा मत्स्य तथा कृषि महोत्सव’ हुने – Gaule Khabar

‘बारा मत्स्य तथा कृषि महोत्सव’ हुने

‘बारा मत्स्य तथा कृषि महोत्सव’ हुने

कलैया, माघ १६ –

मलुकलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन उपभोक्तालाई नेपाली माछाको परिचित गराउँदै माछा खाने बानीको विकास गराउने उद्देश्यले नेपाल मत्स्य व्यवसायी सङ्घ बारा शाखाले ‘बारा मत्स्य तथा कृषि महोत्सव’ आयोजना गर्ने भएको छ ।

‘स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ’ नाराका साथ यही ०७३ माघ २७ गतेदेखि २९ गतेसम्म कलैया कृषिबजारमा सो महोत्सव हुने सङ्घका अध्यक्ष जङ्गबहादुर साहले बताउनुभयो ।

विभिन्न जातका माछाका परिकारको स्वाद चखाउन र उत्पादन बढाउन आयोजना गरिने महोत्समा स्थानीय रहु, नेनी, माकर जातका माछा र विकासी जातका कमन, सिल्भर, बिग्रेड जस्ता जिउँदो माछा बिक्री तथा तिनको परिकार उपभोक्तालाई खुवाउने कार्यक्रम छ ।

महोत्सवमा मत्स्यसँग सम्बन्धित औजार, उपकरण तथा दाना औषधि कम्पनी, सरकारी तथा गैरसरकारी सङ्घसंस्था एवम् अन्य कृषि उपज गरी करिब ५० देखि ६० वटा स्टल रहने बताइएको छ ।

महोत्सवमा सहभागीबीच प्रतिस्पर्धा गराइ प्रथम द्वितीय र तृतीय हुने दुई–दुई जना र सान्त्वना हुने एकजनालाई क्रमशः रु १० हजार, रु ६ हजार, रु चार हजार र रु तीन हजार पुरस्कार दिइने भएको छ ।

रु २१ लाख ५५ हजार खर्च हुने अनुमान गरिएको सो महोत्सवमा दैनिक पाँच क्विन्टल माछा खपत हुने र रु २४ लाख ६० हजार आम्दानी हुने पनि सङ्घका अध्यक्ष साहले बताउनुभयो
बारामा ०७२÷७३ मा तीन हजार पाँच सय ७५ मत्स्यपालन कृषकले एक हजार ६ सय २५ हेक्टर क्षेत्रफलको चार हजार ४५ वटा पोखरीमा मत्स्यपालन गरी प्रतिहेक्टर ६।१ मेट्रिक टनले कुल नौ हजार सात सय ८५दशमलव पाँच मेट्रिक टन माछा उत्पादन भएको थियो । उत्पादित माछा जिल्लाको आन्तरिक खपत २० प्रतिशत हुने र बाँकी जिल्लाबाहिर निर्यात हुने गर्दछ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका