Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आजबाट नेपाल आइडलको अडिसन सुरु – Gaule Khabar

आजबाट नेपाल आइडलको अडिसन सुरु

आजबाट नेपाल आइडलको अडिसन  सुरु

काठमाडौं,माघ १२ –

नेपाल आइडलको अडिसन बुधबारबाट सुरु भएको छ । नेपालगञ्जबाट अडिसन सुरु भएको हो । नेपालगञ्जको अडिसन दुई दिनसम्म चल्नेछ ।

नेपालगञ्जपछि अन्य मुख्य शहरहरु बुटवलमा माघ १५, नारायणगढमा माघ १८, वीरगञ्जमा माघ २१, विराटनगरमा माघ २४ र २५, पोखरामा माघ २९ र फागुन १ तथा काठमाडौंमा फागुन ७ र ८ गते अडिसन लिने आयोजकले जनाएको छ ।

१६ देखि ३० वर्ष उमेर समूहका व्यक्तिले यस गायन प्रतियोगितामा भाग लिन पाउने छन् । नेपाल आइडलको निर्णायकमा न्यूह बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । प्रतियोगिता एपीवान टेलिभिजनबाट हेर्न सकिन्छ ।

प्रतियोगिताको विजेताले साढे ३१ लाखको कार, २० लाख रुपैयाँ र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्वम प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका