Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्कुल बस दुर्घटनामा सात विद्यार्थी घाइते – Gaule Khabar

स्कुल बस दुर्घटनामा सात विद्यार्थी घाइते

स्कुल बस दुर्घटनामा सात विद्यार्थी घाइते

भक्तपुर,माघ ७ –

सूर्यविनायक नगरपालिका पलासेबाट पाखा गाउँ जाँदै गरेको बा ५ च ७७४४ नम्बरको स्कुल बस आज दुर्घटना हुँदा सात विद्यार्थी घाइते भएका छन् ।
साँगाको फेमस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी बोकेर जाँदै गरेको बस सडकबाट ३२ फिट तल खेतमा खसेर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी परिसरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।
घाइते हुने विद्यार्थीमा वर्ष ८ कि कृसिना परियार, वर्ष ५ का युनिक परियार, वर्ष ८ को कबिर केसी, वर्ष ४ कि ऋषिका परियार, वर्ष ५ को पत्सर परियार, वर्ष ८ को पित्सिला परियार र वर्ष ६ को सुप्रिया खत्री घाइते भएका छन् ।
घाइतेमध्ये छ जनाको भक्तपुर अस्पतालमा र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको शाहीले जानकारी दिनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका