Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नारायणकाजी श्रेष्ठ भन्छन्– ’एक साता भित्र निर्वाचनको मिति घोषणा हुन्छ ’ – Gaule Khabar

नारायणकाजी श्रेष्ठ भन्छन्– ’एक साता भित्र निर्वाचनको मिति घोषणा हुन्छ ’

नारायणकाजी श्रेष्ठ भन्छन्– ’एक साता भित्र निर्वाचनको मिति घोषणा हुन्छ ’

नेपालगन्ज,माघ ५-

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एक साता भित्र निर्वाचनको मिति घोषणा हुने वताएका छन् ।उनले निर्वाचन र संविधान संसोधनको विषय संगसंगै लैजाने वताए । प्रेस सेन्टर बांकेले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा वोल्दै श्रेष्ठले तत्काल निर्वाचनको मिति घोषणा नगरे समयमै निर्वाचन सम्भव नहुने भएकाले घोषणा र तयारी संगसंगै गरिने जानाकारी दिए ।

उनले संविधान संसोधन आवश्यकता र वाध्यता दुर्व भएको तर्क गरे ।‘संविधानलाई कार्यान्वयन गर्न सवै समुदायको माग सम्वोधन गर्नु जरुरी छ, उनले भने–सर्वसुकार्य वनाउन पनि संसोधन आवश्यक छ । नेता श्रेष्ठले अहिले वाहिर हल्ला चलेजस्तो अंकगणितको पछाडी माओवादी केन्द्र नलागेको स्पष्ट पारे ।उनले अंकगणित मिलाउन मन्त्रि थप्न लागेको भन्ने कुरा निराधार रहेको पनि वताए ।एमाले र मधेशवादी दलको सहमतीमानै निर्वाचन र संविधान संसोधन हुने श्रेष्ठको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका